शीर्षकहरू

६ हजार ९४ प्रतिशतले बढ्यो तेलको निर्यात

६ हजार ९४ प्रतिशतले बढ्यो तेलको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा खाने तेलको निर्यात ह्वात्तै वृद्धि भएको छ । चालु आवको फागुन मसान्तसम्म भटमास र सूर्यमुखी तेलको निर्यात ६ हजार ९४ प्रतिशतले वृद्धि भएको हो ।

यो अवधिमा ५५ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ बढीको भटमास र सूर्यमुखी तेलको निर्यात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा जम्मा ९० करोड २८ लाख रुपैयाँको निर्यात भएको थियो । 

पछिल्लो ८ महिनामा ४७ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ बराबरको २२ करोड ८५ लाख ४८ हजार लिटर भटमासको तेल निर्यात हुँदा ७ अर्ब ५९ करोड २९ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख लिटर सूर्यमुखी तेल निर्यात भएको हो ।

गत आवको सोही अवधिका ७५ करोड ४१ लाख रुपैयाँको ३६ लाख ९१ हजार लिटर भटमासको तेल र १४ करोड ८७ लाख रुपैयाँ बराबरको ७ लाख ९८ हजार लिटर सूर्यमुखी तेल निर्यात भएको थियो । 

यसरी खाने तेलको निर्यात बढ्दा समग्र निर्यातमा नै वृद्धि देखिएको छ । तेलको निर्यात बढ्दा चालु आवको ८ महिनामा समग्र निर्यात ५७ प्रतिशतले वृद्धि देखिएको हो । 

चालु आवको फागुन मसान्तसम्म कुल निर्यातमा खाने तेलको निर्यात हिस्सा ३५.३५ प्रतिशत रहेको छ । यो अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ ।