शीर्षकहरू

सानिमा जीआईसीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जीआईसीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाईएको छ ।

कम्पनीले चैत्र २१ गतेका लागि साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब  रहेको छ ।  बोनस शेयर बितरण पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । 

बोनस शेयर वितरण पछि कम्पनीले हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । १७ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि सभामा पेश हुनेछ । उक्त हकप्रद निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । 

नेपाल बीमा प्राधिकरणले निर्जीवनब बीमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ ।