शीर्षकहरू

बर्लीको एयर कूलर नेपालमा सार्वजनिक

बर्लीको एयर कूलर नेपालमा सार्वजनिक

काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। उक्त कुलर सोमबार काठमाडौं सार्वजनिक गरिएको हो । 

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका थिए । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे।

बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ । यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्‍याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।