शीर्षकहरू

सुस्तायो शेयर बजार : नेप्से सूचक २६ सयकै लाइनमा झर्यो, कारोबार पनि खुम्चिदै

सुस्तायो शेयर बजार : नेप्से सूचक २६ सयकै लाइनमा झर्यो, कारोबार पनि खुम्चिदै

काठमाडौं । गत महिनाको पहिलो र दोस्रो साता निरन्तर बढेको शेयर बजार तेस्रो सातादेखि ओरालो लाग्न थालेको थियो । पछिल्लो ११ कारोबार दिनमा १ दिन बाहेक नेप्से सूचक १० दिन घटेको छ । सूचक घट्ने क्रम जारी रहँदा कारोबार रकममा समेत गिरावट आउन थालेको छ । 

मंगलबार नेप्से सूचक ७.६६ विन्दुले घटेर २६९७.०४ अंकमा झरेको छ । यसदिन ४ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । बजार बढ्दो गतिमा रहँदा औसत कारोबार १० अर्ब माथि पुगेको बजारमा अहिले दैनिक कारोबार नै ५ अर्ब मुनि झरेको छ । यसअघि इन्ट्रा डेमा २९ सयमाथि पुगेको नेप्से निरन्तरजसो घट्दै फेरि २६ सयकै लाइनमा झरेको हो । 

आजको बजारमा १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको हो। यस दिन घटेका १२ उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३२ करोड ११ लाख १७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन घलेम्दी हाइड्रोपावरको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ ।
 

null