काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक बाहेक आम सर्वसाधारणका लागि प्राथमिकतामा राखेर यी शेयर बिक्रीमा ल्याएको हो ।
यस अघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको थियो । संस्थापकको तर्फबाट कुनै आवेदन नपरेपछि बैंकले आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
यस्तै, बैंकले विद्यमान संस्थापकका लागि २ लाख कित्ता शेयर आज मंगलबार देखि नै बिक्रीमा राखेको पनि जनाएको छ । उक्त शेयरमा भने विद्यमान संस्थापकले मात्रै आवेदन दिन पाउने जनाइएको छ । आवेदन आजको मितिबाट ३५ दिनभित्र दिनुपर्ने छ ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।