काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल लण्डनमा सम्मानित भएका छन । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ
ग्रीनविचलेएक कार्यक्रमकोबीच सम्मान गरेको हो ।
ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित भएका हुन । कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे । उनले भने, ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञतामार्फत बिभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’
कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिबमा बीएससी (अनर्स) हासिल गरेका थिए । कँडेलको नेतृत्वमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत द ब्रिटिस कलेज (काठमाडौँ), द विलवीच कलेज, लण्डन, द वेस्टमिन्स्टर कलेज (ललितपुर), द उलवीच इन्स्टिच्यूट (दुबाई), मेरिटाइम बिजनेश कलेज (क्यानडा) तथा नेपालका बिभिन्न स्थानहरुमा स्कुलहरु संचालनमा रहेका छन्
।