शीर्षकहरू

सहकारी सदस्यहरुका लागि अभिमुखिकरण तालिम

सहकारी सदस्यहरुका लागि अभिमुखिकरण तालिम

लिम
भैरहवा। रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुका लागि अभिमुखिकरण तालिम प्रदान गरेको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको उक्त सहकारीले शनिवार संस्थाबाट ऋण लिएका सदस्यहरुलाई तालिम प्रदान गरेको हो । मुलुकभर सहकारी ठगिका घटना बाहिरी रहेका बेला रामवनले अब्बल सावित गर्दै तालिम दिएको अध्यक्ष सुशील पाण्डेले बताए ।

विगतमा सहकारीमा धेरै पैसा जम्मा गर्ने सम्मान हुँदै आएको बताउँदै अबका दिनमा सहकारीबाट ऋण लिनेर सहकारीको आर्थिक अवस्थामा सुध्दृण गर्नेलाई सम्मान गर्नु पर्ने मुख्य प्रशिक्षक बाबुराम भण्डारीले बताए ।

सहकारीबाट ऋण लिएर आफ्नो दैनिक जीवनमा आउने समस्यालाई समाधान गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने प्रशिक्षक खेमराज पाण्डेले बताए ।

रामवन सहकारीमा १ हजार १ सय २० सदस्य रहेका छन् । सहकारीले ३ सय १८ जना सदस्यलाई ऋण लगानी गरेको छ ।