काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको अवितरित हकप्रद शेयर विक्री भएको छ । १ शेयर बराबर ०.८८४५१६८ शेयरको अनुपातमा हकप्रद शेयर मंसिर १२ गते देखि पुष १७ गतेसम्म बिक्री खुला गर्न आवेदन माग गरेको थियो ।
उक्त आवेदनमा ४९२,५७७ कित्ता शेयर आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार विक्री नभएका शेयर शेयर लिलाम बढाबढबाट खरिदका लागि माघ २१ गते पुन सूचना जारी गरेको थियो ।