शीर्षकहरू

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १५ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १५ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ठूला लगानीकर्ताहरुको संख्या १५ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा ०.५ वा सोभन्दा धेरै प्रतिशत शेयर स्वामित्व कायम भएका लगानीकर्ताको संख्या १५ रहेको छ । 

जसमा सबैभन्दा धेरै स्वामित्व राष्ट्रिय बीमा कम्पनीको रहेको छ । बैंकमा कम्पनीको लगानी २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ बढी छ । कुल शेयरको ६.७३ प्रतिशत कम्पनीको स्वामित्वमा रहेको छ । यसैगरी, बैंकमा १ अर्ब ३५ करोड १७ लाख रुपैयाँ लगानी गरेको महालक्ष्मी इन्भेष्टमेन्टको शेयर स्वामित्व ३.९६ प्रतिशत रहेको छ भने छायाँ इन्भेष्टमेन्टको स्वामित्व ३.६८ प्रतिशत रहेको छ । जसको बैंकमा लगानी १ अर्ब २५ करोड ६० लाख रुपैयाँ बढी छ । 

यस्तै, केयूपी इन्भेष्टमेन्टले बैंकमा १ अर्ब १९ करोड ६२ लाख रुपैयाँ लगानी गर्दा सोफिया इन्भेष्टमेन्टले १ अर्ब १३ करोड ६४ लाख र नागरिक लगानी कोषले ४४ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ । उनीहरुको शेयर स्वामित्व क्रमशः ३.५१, ३.३३ र १.३२ प्रतिशत रहेको छ । 

अनुपमा इन्भेष्टमेन्ट, सूर्य इन्फोसिस र प्रेष्टीन इन्भेष्टमेन्टको शेयर स्वामित्व समान ०.७४/०.७४ प्रतिशत रहेको छ भने कमला इन्भेष्टमेन्ट र नबिल इन्भेष्टमेन्टको समान ०.७०/०.७० प्रतिशत रहेको छ । 

यसैगरी, लोटस इन्भेष्टमेन्टको ०.६५, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.६४, मर्चेन्टाइल इन्भेष्टमेन्टको ०.५७ र सिटिजन यूनीट स्कीमको ०.५६ प्रतिशत शेयर स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ ।