शीर्षकहरू

हाथवे इन्भेष्टमेन्ट नेपाल दोस्रो त्रैमाससम्म डेढ करोड नाफामा

हाथवे इन्भेष्टमेन्ट नेपाल दोस्रो त्रैमाससम्म डेढ करोड नाफामा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । गत वर्ष यस अवसिम्म ५९ लाख ४२ हजार खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नोक्सानी सुधार्दै नाफामा गएको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी साढे ६५ प्रतिशतभन्दा बढी भएको छ भने कुल खर्च करिब ८ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३८ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष ३ करोड ९९ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ३ करोड ६७ लाख रुपैयाँभन्दा बढी भएको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ छ । जगेडा कोष रकम गत वर्ष भन्दा १६ प्रतिशतभन्दा बढीले घटेर ६५ करोड ५६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रहेको छ भने कुल दायित्व ६५ करोेड २९ लाख रुपैयाँभन्दा बढी छ ।

वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा छ ।