शीर्षकहरू

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज बिहीबार तोलामा २ हजार रुपैयाँले बढेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार २ हजार ७०० रुपैयाँको उच्च गिरावट आएको थियो । हिजो प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि एक हजार ३५० रुपैयाँले बढेर एक लाख ३५ हजार ८५० निर्धारण भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर एक हजार ६४५ निर्धारण भएको छ ।