शीर्षकहरू

सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतभन्दा बढी

सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले १२ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ३० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी २५ प्रतिशत बढी भएको छ ।

गत वर्ष ३ अर्ब ६४ करोड रूपैयाँभन्दा सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । कुल खर्च भने करिब ५ प्रतिशत भएको छ । गत वर्ष ४९ करोड ९० लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष ५२ करोड २८ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम ३३ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य जगेडा कोष रकम भने ४ अर्ब ९० करोड रूपैयाँभन्दा बढी छ । दिर्घकालिन कर्जा १५ करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा ३ अर्ब ८ करोड रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको वित्तीय खर्च भने ३० करोड ४७ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवथृ २१२ रूपैयाँ ७३ पैसा रहेको छ ।