शीर्षकहरू

समयमै कर नतिर्ने २५ कम्पनीलाई १५ दिने अल्टिमेटम, सूचीमा जनक शिक्षादेखि नर्भिक अस्पतालसम्म

समयमै कर नतिर्ने २५ कम्पनीलाई १५ दिने अल्टिमेटम, सूचीमा जनक शिक्षादेखि नर्भिक अस्पतालसम्म

काठमाडौं । २५ वटा ठूला कम्पनीले आयकर र मूल्यअभिवृद्धि कर नतिरेपछि ठूला करदाता कार्यालयले १५ दिनभित्र बक्यौता तिर्न अल्टिमेटम दिएको छ । सोमबार सूचना सार्वजनिक गर्दै कार्यालयले १५ दिनभित्र कर नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइए पनि हालसम्म बक्यौता रकम दाखिला नभएको कम्पनीले जनाएको छ । कतिपय करदातालाई भने फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्र फिर्ता आएको सूचनामा उल्लेख छ ।

समयमै कर नतिर्ने कम्पनीहरुको सूचीमा निजीदेखि सरकारी कम्पनीहरु रहेका छन् । जसमा जनक शिक्षा सामग्री केन्द्रदेखि निजी क्षेत्रका उदयपुर सिमेन्ट, टाइगर्स ब्रुअरी, सिई कन्स्ट्रक्सन र नर्भिक अस्पतालसम्म रहेका छन् ।

यस्तो छ समयमा कर नतिर्ने २५ कम्पनीको सूची

  • कृषि सामग्री कम्पनी लिमिटेड
  • उदयपुर सिमेन्ट उद्योग लि
  • माउण्ट एभरेष्ट ब्रुअरी प्रालि
  • पेन इंडिया इन्फ्राप्रोजेक्टस
  • हिमाल आइरन एण्ड स्टिल प्रालि
  • शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि
  • श्री जयन्ती निर्माण सेवा
  • गण्डकी विकास बैंक लिमिटेड, चिप्लेढुङ्गा, कास्की
  • सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.
  • नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड
  • अरनिको आँबुखैरेनी सिमेन्ट इण्डष्ट्रिज प्रालि
  • जनक शिक्षा सामाग्री केन्द्र लि.
  • सिई कन्स्ट्रक्सन प्रालि
  • टाइगर्स ब्रुअरी इण्डष्ट्रिज
  • सुविसु केवलनेट लि.
  • इष्टर्न एजेन्सीज प्रालि
  • सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि
  • कशमस सिमेन्ट ईण्डष्ट्रिज प्रालि
  • बतास ब्रदर्श प्रालि
  • महालक्ष्मी वायर एण्ड केवल इण्डष्ट्रिज प्रालि
  • विशाल सिमेन्ट इण्डष्ट्रिज प्रालि
  • ग्रीन हिल सिटी
  • अयोकी सिम्बोल झेक्टर्स नेपाल प्रा.लि.
  • शिव शिखर एप्रो प्रा.लि.
  • कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.