शीर्षकहरू

सिटिजन लाइफको अन्तरिम लाभांश घोषणा

सिटिजन लाइफको अन्तरिम लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले अन्तरिम लाभांश घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणले वैशाख १४ गते पूँजी बढाउनका लागि निर्देशन दिएसँगै कम्पनीले अन्तरिम लाभांश घोषणा गरेको हो । 

वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल कायम चुक्तापूँँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ बराबर वितरण गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब चुक्तापूँँजी कायम गर्नुपर्ने हुन्छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रूपैयाँ कायम हुनेछ । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट भने ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।