शीर्षकहरू

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश फागुन १० गतेसम्म कायम शेयरधनी पाउने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश फागुन १० गतेसम्म कायम शेयरधनी पाउने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश फागुन १० गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ११ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ । 

हाल कायम चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रूपैयाँको आधारमा ३० करोड ८७ लाख २० हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३० गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । निसारा रिसेप्सन, भगवती बहाल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।