शीर्षकहरू

पुरानो दुई आर्थिक वर्षको लाभांश बुझ्न हिमालयन डिष्टिलरीको आग्रह

पुरानो दुई आर्थिक वर्षको लाभांश बुझ्न हिमालयन डिष्टिलरीको आग्रह

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुराना दुई  आर्थिक वर्षको लाभांश बुझ्न बाँकी सदस्यहरूलाई जतिसक्दो चाडो बुझ्न आग्रह गरेको छ । कम्पनीले सूचना जारी गरी आर्थिूक वर्ष ०७२/७३ र ०७४/७५ को लाभांश कतिपय लगानीकर्ताहरूले बुझ्न बाँकी रहेकाले आगामी ३० दिनभित्र बुझिलिन कम्पनीले आग्रह गरेको हो । 

सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझ्न सकिने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीले आर्थिक वर्ष ०७२/७३ मा २० प्रतिशत र आर्थिक वर्ष ०७४/७५ मा २१ दशमलव शून्य ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

तोकिएको अवधिमा सम्बन्धित शेयरधनीहरूले लाभांश बुझ्न नआएमा कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीको भनाई छ ।