शीर्षकहरू

नेष्डो समृद्ध लघुवित्तले यो वर्ष लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्तले यो वर्ष लाभांश नदिने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय समेत गरेको छ । यस कम्पनीले गत वर्ष भने कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने लगानीकर्ताको हात खाली हुन लागेको हो ।