शीर्षकहरू

प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा

प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो। विशेष दरबन्दीमा अर्याल र डा. गुरुङ बढुवा सिफारिस भएका हुन् । अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।

अर्याल ८४.९०६२ अंकसहित र डा. गुरुङ ८०.६०६८ अंकसहित बढुवा सिफारिसमा परेका गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन्।

हेर्नुहोस सुचना :