शीर्षकहरू

नेपाल र चीनबीच हरित कृषि सम्बन्धी सम्झौता

नेपाल र चीनबीच हरित कृषि सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच हरित कृषि मित्रता वृद्धि गर्न नेपालबाट ओट, घाँस र दाना खरिद सम्झौता भएको छ। सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच त्यस्तो सम्झौता भएको हो।

सो समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले यो सम्झौताबाट नेपाली किसानहरूले ठूलो आर्थिक लाभ लिन सक्ने बताए। तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनी मार्फत उल्लेखित घाँस खरिद गर्ने भएको हो। 

मन्त्री श्रेष्ठले आफ्नो हालैको चीन भ्रमणको क्रममा चिनियाँ नेताहरू सँग नेपाल चीन व्यापार र साझेदारीका सम्बन्धमा छलफल गरेको स्मरण गर्दै सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले यस्तो व्यापारिक आदान प्रदानको नेपालको आर्थिक तथा व्यापार घाटा कम गर्ने र चिनियाँ आवश्यकता समेत केही हदसम्म पूरा हुने उनले बताए।