शीर्षकहरू

नेपाल एसबिआई बैंकको १० वर्षे अवधिको ऋणपत्र सूचीकरण खारेज

नेपाल एसबिआई बैंकको १० वर्षे अवधिको ऋणपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको १० वर्षे अवधिको ऋणपत्र बैंशाख ६ गते परिपक्व भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २० करोड रूपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

 ७ दशमलव ९ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र बैंशाख ६ गतेपछि परिपक्व भएको जानकारी नेप्सेले गराएको हो । नेप्सेको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋणपत्र सूचीकरण खारेज गर्ने निर्णय गरेको छ ।