शीर्षकहरू

मोलुङ्ग हाइड्रोपावरको नोक्सानी घट्यो

मोलुङ्ग हाइड्रोपावरको नोक्सानी घट्यो

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । 

गत आवमा कम्पनी रू.२ करोड ६५ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर रू. १ करोड ८१ लाखमा कायम भएको हो । चालू आवमा कम्पनीको वित्तीय खर्च घटेकाले नोक्सानी केही घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. २ करोड ५० लाख रहेकोमा चालू आवमा घटेर रू. १ करोड ५९ लाखमा झरेको छ । 

त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी रू.२ करोड १४ लाख रहेकोमा चालू आवमा रू. २ करोड १५ लाख पुगेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. ८० करोड २५ लाख रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङ भने रू. १८ करोड ३ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा छ ।