शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि कम्पनीले दिएको छ । यस कम्पनीले आर्थिक वर्ष ०७६/७७ पछि लाभांश वितरण गरेको छैन । 

अधिकतम ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले पछिल्ला वर्षहरू लगानीकर्ताहरूको हात खाली बनाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रूपैयाँ रहेको छ ।