शीर्षकहरू

करदाता कार्यालयको राजस्वमा सामान्य वृद्धि

करदाता कार्यालयको राजस्वमा सामान्य वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुमार्फत संकलित गरिने राजस्वमा सामान्य वृद्धि भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा राजस्व संकलन १.५२ प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म १२ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । करदाता कार्यालयहरुमार्फत संकलन गरिने राजस्व गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । चालु आवका बाँकी २ महिनामा राजस्व थप वृद्धि हुने विश्वा महानिर्देशक तिवारीको छ ।

देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तस्शुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् ।