काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट नवलपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
यी शेयरको मूल्य प्रचलित नियमानुसार संस्थापक शेयर खरिदविक्री सञ्चालक समितिले निर्णय गरे अनुसार हुनेछ ।