शीर्षकहरू

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । प्रभु बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।   

एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कर्मचारी र उनीहरूका परिवारले गणेशमान सिंह मेमोरियल हस्पिटलमा उपचार सेवा लिँदा छुट पाउनेछन् । 

हस्पिटलको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस अस्पतालले केही दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।