शीर्षकहरू

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।                                  

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आजपनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।