शीर्षकहरू

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु (फोटोफिचर)

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला तथा महोत्सव शुरु भएको छ । बुधबारदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा मेला शुरु भएको हो । 

वैशाख ३० गतेसम्म चल्ने नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।

विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्ने गरिएको छ । मेलामा भाँडाकुँडाहरू, बाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैँचा, राडीपाखी पश्मिनाका रेशाद्धारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजहरू, परम्परागत हस्तकलाका सामानहरू लगायत अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको आयोजकले जनाएको छ । 

मेला प्रवेशका लागि टिकट लाग्नेछ । साधारण व्यक्तिला टिकट शुल्क ५० रुपैयाँ र  विद्यार्थीहरूलाई ३० रुपैयाँ प्रवेश शुल्क लाग्ने महासंघले जानकारी दिएको छ ।