शीर्षकहरू

आइसीटी डेमा टेलिकमको विशेष अफर

आइसीटी डेमा टेलिकमको विशेष अफर

काठमाडौं । आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसीटी डे अफर ल्याएको छ ।  सो अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागू हुने टेलिकमले जनाएको छ । 

यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यसैगरी डाटा प्याकेज अन्तर्गत  १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा,  १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र  ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ । 

यही अफर अन्तर्गत  ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । प्रिपेड मोबाइल प्रयोग कर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोग कर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत रहेको छ ।  आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।