शीर्षकहरू

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी (कम्पनीको सूचीसहित)

खरिद अनुगमन कार्यालयले सोध्यो सात दिने स्पष्टीकरण

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी (कम्पनीको सूचीसहित)

काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

विभिन्न सार्वजनिक निकायले सिफारिस गरेका ती कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभत्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएको थियो ।

तर हालसम्म पनि ती कम्पनीहरुबाट लिखित स्पष्टीकरण नआएको भन्दै कार्यालयले सूचना जारी गर्दै सात दिने स्पष्टीकरण सोधेको छ ।