शीर्षकहरू

२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

काठमाडौं । २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज (सोमबार) सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो’ मा गरिबीको रेखामुनि रहेका जनसंख्याको विवरण उल्लेख छ ।

निरपेक्ष भन्दा पनि बहुआयामिक गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत रहेको सरकारी अधिकारीहरूले बताएका छन्‌ । अघिल्लो सर्वेक्षण (आर्थिक वर्ष २०६६/६७) मा २५.२ प्रतिशत नेपाली नागरिक गरिबीको रेखामुनि थिए ।

प्रदेशगत हिसाबले सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गण्डकी प्रदेशमा छन्‌ । यसैगरी गाउँमा २४.६६ र शहरमा १८.३४ प्रतिशत गरिबको बसोबास रहेको छ ।

गरिबीको रेखा आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्डका आधारमा तयार गरिएको तथ्यांक कार्यालयले दाबी गरेको छ । १२ वर्षपछि सार्वजनिक गरिएको प्रतिवेदनमा कार्यालयले ९ हजार ६०० घरपरिवारबाट नमूना फारम भराएको थियो ।

अध्ययन २०७९ असार १ देखि २०८० जेठसम्म गरिएको कार्यालयले जनाएको छ ।