विश्व मुद्रा सप्ताहमा ‘विद्यार्थीसँग कृषि विकास बैंक’ कार्यक्रम संचालन

१३ चैत्र २०८०

cover image

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले विश्व मुद्रा सप्ताह अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सम्पन्न गरेको छ। बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको उपस्थितिमा बैंकको गण्डकी र लुम्बिनी प्रदेश कार्यालयले सो कार्यक्रम आयोजना गरेका हुन्‌।

पूर्वी नवपरासीको अमलटारी होमस्टे, रूपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई बैंकले वित्तीय साक्षरतासम्बन्धी शिक्षा दिएको बैंकले जानकारी दिएको छ।

उपमहाप्रबन्धक न्यौपानेले विद्यार्थीहरूलाई वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतीय बैङ्किङ सेवा, बेलैमा बचत गर्ने बानीको विकासबारे छलफल गरेका थिए। कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाईदा, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन, विद्युतीय बैङ्किङ कारोबार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्बन्धमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो। 

समृद्धिका लागि परिवारका सदस्यहरूको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउनेबारे पनि प्रकाश पारिएको थियो। कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति थियो।

विश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई ‘रकम सुरक्षा–भविष्य सुरक्षा’ नारा सहित विश्व मुद्रा सप्ताहको रूपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा ...

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४