शीर्षकहरू

सानिमा बैंकको फोन पे क्युआरमार्फत भारतीय ग्राहकले भुक्तानी गर्न सक्ने

सानिमा बैंकको फोन पे क्युआरमार्फत भारतीय ग्राहकले भुक्तानी गर्न सक्ने

काठमाडौं । सानिमा बैंक र फोनपे पेमेन्ट सर्भिस प्रालिबीच सहकार्य भएको छ । भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरिएको हो । 

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले जनाएको छ  ।  

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन्