शीर्षकहरू

विश्व बैंकद्वारा नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका लागि १० अर्ब ६८ करोड ऋण स्वीकृत

विश्व बैंकद्वारा नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका लागि १० अर्ब ६८ करोड ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र सबलीकरणको लागि ८० मिलियन (१० अर्ब ६८ करोड रुपैयाँ) ऋण  स्वीकृत गरेको छ ।

सोमबार विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम बराबरको विकास नीति ऋण स्वीकृत गरेको हो ।

उक्त ऋण सहायताबाट निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई समर्थन गर्न र वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य विश्व बैंकले लिएको छ । यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने बताइएको छ । यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गरी डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरतामार्फत् वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्ने विश्व बैंकले जनाएको छ ।

'यस अपरेसनले निजी क्षेत्रको नेतृत्वमा वृद्धिलाई प्रवर्द्धन गर्न सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार एजेन्डालाई समर्थन गर्दछ। बैंकिङ, बीमा र पूँजी बजारमा भएका सुधारहरू यस क्षेत्रको लचिलोपन र निजी पुँजी परिचालनलाई सक्षम बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ,’  परियोजनाका लागि विश्व बैंकको कार्य टोली प्रमुख तात्सियाना क्लियात्स्कोभाले बताएकी छन् ।