काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । गएको वैशाख ७ गते डलरको मूल्य हालसम्मकै उच्च १३३ रुपैयाँ ९७ पैसा पुगेकोमा आज डलरको मूल्य सोही बिन्दु नजिक पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा थियो।
आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा रहेको युरोको खरिददर आज १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा कायम भएको छ ।
यस्तै बेलायती पाउन्ड १ को खरिददर आज १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ २ पैसा पैसा छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा थियो।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर