शीर्षकहरू

पाँच सय र हजारका नोटमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : सांसद गुरुङ

पाँच सय र हजारका नोटमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आर्थिक सुशासन सुशासन कायम गर्न अब पाँच सय र हजारका नोट क्विट गरेर जानै पर्ने बताए ।

नोट प्रतिबन्ध गरेमा भ्रष्टाचार नियन्त्रण हुने दावी उनले गरे । यसो गर्दा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, गैरकानुनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट हुने उनको भनाइ थियो ।

नोट प्रतिबन्धपछि अवैध रकम पनि बाहिर आउने भनाइ उनले राखे । उनले भने, ‘अनि सिरानीमुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’