शीर्षकहरू

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।