शीर्षकहरू

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएकोे छ । स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। जसक प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

 दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।