शीर्षकहरू

पंकज जलान चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापतिमा चयन

पंकज जलान चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापतिमा चयन

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष तथा चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य पंकज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापतिमा चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् । 

जलान अध्यक्ष रहेको लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा नेपालमा नै पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशन हो । यहाबाट हालसम्म हजारौ सूचना प्रविधिको ज्ञान लिएका विद्यार्थीहरु उत्पादन भइसकेको लर्डबुद्ध एजुकेशन फाउण्डेशनले जनाएको छ ।