शीर्षकहरू

नेप्समा १७.०४ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

नेप्समा १७.०४ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.०४ अंकले घटेर दुई हजार ९५ दशमलब २५ विन्दुमा बन्द भएको हो ।                                                                                                         
नेप्सेमा आज ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड र मनकामना स्मर्ट लघुवित्त वित्रीय संस्था रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९४ प्रतिशतले बढेको छ ।  

आज भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको ३० करोड ४० लाख बराबरको कारोबार भएको छ ।