शीर्षकहरू

ठगी आरोपमा कृषि विकास सहकारीका सञ्चालकसहित चार जना पक्राउ

ठगी आरोपमा कृषि विकास सहकारीका सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा चार जना पक्राउ परेका छन् । कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

काठमाडौं उपतयका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. ११ का थापासहित ललितपुरकी सजना राजकर्णिकार, कीर्तिपुरका भीमेश्वर महर्जन र चाबहिलका सञ्जय सापकोटा रहेका छन् । उनीहरूले सहकारी संस्था खोली सर्वसाधरणहरुलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाइ ठगी गरेको आरोप रहेको छ । 

उक्त सहकारीमा २ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ । जसमा पीडित बचतकर्ता दुई हजार ५३१ जना रहेका छन् । त्यसमध्ये पनि ५६६ जनाले आफूहरू पीडित भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।  उनीहरूबाट ठगी गरेको रकम ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिइएको छ ।