शीर्षकहरू

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । असार २ गते सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी कम्पनीले गत चैत ११ गते ३५ दिने सूचना जारी गरेको थियो । यी शेयर खरिदका लागि आगामी ७ दिनभित्र आवदन पेश गर्न कम्पनीले भनेको छ । 

इच्छुक खरिदकर्ताहरुले आफूले खरिद गर्न चाहेको शेयर र संख्या समेत खुुलाई बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।