शीर्षकहरू

२० जनालाई रोजगार दिनेगरी नयाँ दर्ता हुने व्यवसायलाई महानगरले ३ वर्ष पूर्ण कर छुट दिने

२० जनालाई रोजगार दिनेगरी नयाँ दर्ता हुने व्यवसायलाई महानगरले ३ वर्ष पूर्ण कर छुट दिने

काठमाडौं । काठमाडौं महानगरापलिकाले महानगर क्षेत्रभित्र स्थापित हुने नयाँ उद्योग एवं व्यवसायलाई कर छुट दिने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनमा उक्त प्रस्ताव गरेका हुन् । महानगरपालिकाले कम्तिमा २० जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी नयाँ दर्ता हुने व्यवसायलाई सुरुका तीन वर्षसम्म पूर्ण कर छुट दिने बताएको छ ।

'कम्तिमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायलाई शुरुको तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिइनेछ,' आगामी आवको नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माण सम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत जनशक्ति महानगरपालिकाको श्रम बैङ्क मार्फत् आपूर्ति गरिने व्यवस्था मिलाइने भनिएको छ ।