शीर्षकहरू

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको आजको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिएका थिए । उनहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१र८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।