शीर्षकहरू

बीमा दाबी पेश गरेका बिमितहरूलाई कागजात पेश गर्न आइजीआईको आग्रह

बीमा दाबी पेश गरेका बिमितहरूलाई कागजात पेश गर्न आइजीआईको आग्रह

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २०८१ साल बैशाख मसान्तसम्म बीमा दाबी पेश गरेका बिमितहरूलाई आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । मंगलवार कम्पनीले सूचना जारी गर्दै आगामी २१ गतेििभत्र आवश्यक कागजात सहित सम्पर्कमा आउन भनेको हो । 

तोकिएको समयभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआएमा बीमा दाबीका फाईल बन्द गरिने जानकारी समेत कम्पनीले दिएको छ । २०८१ साल वैशाख मसान्तसम्म दाबी दर्ता भई आवश्यक कागजात पप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेवसाइटमार्फत सार्वजनिक गरिएको जानकारी समेत कम्पनीले दिएको छ ।