शीर्षकहरू

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा फेरि बदमासी, डा. रेवतबहादुर किन सक्रिय भए ?

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा फेरि बदमासी, डा. रेवतबहादुर किन सक्रिय भए ?

काठमाडौं । करिब पाँच महिनादेखि खाली रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती गर्न सरकारलाई सकस परेको छ ।  राष्टिय योजना आयोगका उपाध्यक्ष जस्तो गरिमामय पदमा बसेका व्यक्ति संयोजक रहेको सिफारिस समितिका काम भने अनपढ व्यक्तिका जस्ता हुँदै आएका छन् । 

करिब तीन महिनाअघि प्रकाशित गरेको अध्यक्ष नियक्त आवेदन ढेड महिनापपछि आएर रद्द गरियो र पुन आवेदन खुलाइयो । पहिलो आवेदनमा के उद्देश्य पुरा नभएका कारणले दोस्रो आवेदन खुलाइयो र त्यसमा पनि अध्यक्ष सिफासिर कार्यविधि कस्का लागि संशोधन गरियो यो प्रश्न विज्ञ टोलिलाई आम शेयर बजारका लगानीकर्ताले गरिरहेका छन् । 

सञ्चारमाध्यममा कार्यविधि नियोजित रुपमा संशोधन गरेको भन्ने समाचार आएपछि रातारात अर्थमन्त्रालयको वेवसाइटबाट हटायो छ । तर, पुन पुरानो कार्याविधि प्रकाशन गर्ने भन्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यको भनाई हालसम्म पनि व्यवहारमा उत्रेको छैन । 

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तीका लागि कार्यविधि संशोधन गर्दै समिति व्यक्तिलाई फिट हुने बनाइएको थियो । कार्यविधिमा यसभन्दा पहिलाको कार्यविधिलाई अध्यक्ष नियुक्तीका लागि बनेको सिफारिस समितिले परिवर्तन गर्दै आवेदन दिएका १५ जनामध्ये २ जनालाई मात्र फिट हुने कार्यविधि बनाइएको थियो ।  

लामो समयपछि अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको मन्त्रालयले जानकारी दिएको छ । तर, उक्त प्रक्रियामा यसभन्दा पहिलाका मूल्य मान्यता र पुराना चलनहरुलाई लत्याइएका छन । धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएकाहरुको कार्ययोजनाको जाँच गर्न यसभन्दा पहिला तीन जना विज्ञहरु रहने गरेको परम्परालाई कुल्चदै एक जना त्यो पनि धितोपत्र बोर्डमा अध्यक्ष भइसकेका डा. रेवतबहादुर कार्कीलाई मात्र दिइएको छ । 
 
१५ जनाको कार्ययोजना एक जनालाई मात्र त्यो पनि राजनीतिक रुपमा रंग लागेका व्यक्तिलाई मात्र चेक गर्न दिँदा आवेदकहरुलाई निष्पक्ष न्याय कसरी होला विज्ञ उपाध्यक्षज्यू ? यो प्रश्न नेपालको धितोपत्र बजारको विकास देख्नेहरुको हो । उपाध्यक्षले धितोपत्र बोर्डमा आफ्ना मान्छे लैजानका लागि शुरुदेखि नै योजना बनाएर लाग्नु भएको हो भने तपाईलाई अर्थतन्त्रका विज्ञ भनेर चिन्नेहरुले अब तपाईको अर्को रुप पनि चिन्ने छन् । 

योजना आयोग जस्तो गरिमामय पदको उपाध्यक्ष जस्तो पदका व्यक्तिले एक नियामक निकायको अध्यक्ष नियुक्तीमा यति धेरै अस्तक्षेप गर्नु भनेको ठूलै लेनदेनको योजना पहिला नै बनिसकेको हुनपर्छ ।