शीर्षकहरू

सरकारको नजरमा कस्तो छ देशको आर्थिक अवस्था ?

सरकारको नजरमा कस्तो छ देशको आर्थिक अवस्था ?

काठमाडौं । कांग्रेससहितका विपक्षी दलहरुको विरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०/ ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् ।

आर्थिक सर्वेक्षणमा अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । चालु आर्थिक वर्षको फागुनसम्मको आर्थिक विश्लेषण गर्दै उनले देशको समग्र आर्थिक वृद्धिदर सो बराबर भए पनि गण्डकी, लुम्बिनी र बागमतीको आर्थिक वृद्धिदर राष्ट्रिय औसत वृद्धिभन्दा माथि रहने अनुमान गरे ।

आर्थिक वर्षको अन्त्यसम्म मुलुकमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको उनले बताए । यसैगरी प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान उनको छ ।