काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको मूल्य स्थिर छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ ।
युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढेको छ । बिहीबार खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको युरोको मूल्य आज एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा पुगेको छ ।
यस्तै पाउन्ड एकको खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो ।
आजको विदेशी मुद्रा विनिमयदर