शीर्षकहरू

हिमालयन ८०–२० काे घट्यो नाफा

हिमालयन ८०–२० काे घट्यो नाफा

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले बैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) र नाफा चैत मसान्तको तुलनामा बैशाख मसान्तमा घटेको छ । 

चैत मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ५९ पैसा रहेकोमा बैशाख मसान्तमा घटेर १० रुपैयाँ ४६ पैसामा कायम भएको हो । त्यस्तै फण्डको नाफा चैत मसान्तसम्ममा रू. ५ करोड ९४ लाख रहेकोमा बैशाख मसान्तमा घटेर रू. ४ करोड ५९ लाखमा झरेको छ ।

बैशाख महीनामा फण्डको आम्दानीमा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा प्रभावित भएको हो । फण्डको कुल खर्च चैत मसान्तमा रू. १ करोड ५६ लाख रहेकोमा बैशाख मसान्तमा बढेर रू. १ करोड ७४ लाख पुगेको छ । त्यस्तै फण्डले चैत मसान्तमा रू.७ करोड ५० लाख आम्दानी गरेकोमा बैशाख मसान्तमा घटेर रू. ६ करोड ३४ लाखमा झरेको छ । 

यस फण्डले सचीकृत शेयरमा लगानी पनि केही घटाएको छ । चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ५० करोड ५७ लाख रहेकोमा बैशाख मसान्तमा रू.४९ करोड ८३ लाख रहेको छ ।