शीर्षकहरू

कुमारी इक्वीटी फण्डको नाफा वैशाखमा घट्यो

कुमारी इक्वीटी फण्डको नाफा वैशाखमा घट्यो

काठमाडौं । कुमारी इक्वीटी फण्डको कुल नाफा चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तसम्म १ करोड १८ लाख रूपैयाँभन्दा बढी कुल नाफा गरेको योजनाले वैशाख मसान्तसम्म ५२ लाख २६ हजार रूपैयाँभन्दा बढी कुल नाफा गरेको हो । 

चैत मसान्तसम्म आम्दानी २ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेकोमा वैशाख मसान्तसम्म २ करोड ६ लाख रूपैयाँभन्दा बढी रहेको हो । चैतको तुलनामा वैशाखमा जम्मा आम्दानी भने घटेको छ । खर्च भने घटेको छ ।

चैत मसान्तसम्म ५१ करोड ३८ लाख रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको योजनाले वैशाख मसान्तसम्म १ करोड ५३ लाख रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको हो । वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ८ पैसा रहेको छ । चैत मसान्तसम्म यो मूल्य १० रूपैयाँ १४ पैसा रहेको छ ।

वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाले १० करोड इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले बैशाख मसान्तसम्म १ अर्ब ७ करोड ८२ लाख रूपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । 

योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने लगानीको लागत मूल्य भने कमनै रहेको छ । वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य ९३ करोड ३५ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा २ करोड रूपैयाँ लगानी गरेको छ ।