एजेन्सी । भारतको पतञ्जलीले गुणस्तरहिन सामान विक्री गरेको भन्दै कारबाही गरेको छ । भारतको पतञ्जलीको सोन पापडी गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएको मुद्दामा उत्तराखण्डको एक अदालतले कम्पनीका सहायक महाप्रबन्धकसहित तीन जनालाई ६ महिनाको जेल सजाय सुनाएको छ ।
तञ्जलीको सोन पापडी गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएको मुद्दामा उत्तराखण्डको एक अदालतले कम्पनीका सहायक महाप्रबन्धकसहित तीन जनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । खाद्य सुरक्षा र मानक ऐन २००६ को धारा ५९ अन्तर्गत यो सजाय दिइएको हो।
यी तीन जनामा अभिषेक कुमार, सहायक महाप्रबन्धक, पतञ्जली फूड एण्ड हर्बल पार्क, लक्सर, अजय जोशी, सहायक प्रबन्धक, कान्हा जी डिस्ट्रिब्युटर प्राइभेट लिमिटेड, रामनगरस र पसले लीलाधर पाठक सामेल छन्। पिथौरागढका मुख्य मजिस्ट्रेट सञ्जय सिंहले यो सजाय सुनाएको हो ।